
मार्च-अप्रिल २०२१ को जनगणना अनुसार नेपालका विभिन्न संरक्षित क्षेत्रमा ७५२ एक शिगे गैंडा रहेको जानकारी गराएको छ।
यो संख्या २०१५ को जनसंख्याको तुलनामा १०७ बढी छ किनकि ६ वर्ष अघिको जनगणनाले नेपालभर ६४५ गैंडा गणना गरेको थियो, नेपालको वन तथा पर्यावरण सचिव विश्वनाथ ओलीले घोषणा गरेक छन ।
चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैंडा, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफंता राष्ट्रिय निकुञ्जमा १७ र पारसा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा गरी जम्मा ७५२ गैंडा को जनसंख्या पुगेको छ।
ती मध्ये १४६ पुरुष, १९८ महिला छन् । जबकि ४०८ गैंडालाई लैंगिक रुपमा पहिचान गरिएको छैन। उमेरको आधारमा, त्यहाँ ५२० वयस्क गैंडा, ९६ अर्ध वयस्क र १३६ छावाहरू रेहेका छन्।