jQuery(document).ready(function($){ //
});

एचपी लुब्रीकेन्टको ३ दिने फ्री अटो सर्भिस क्याम्प कामाख्य अटो वर्कसप उर्लाबारीमा सुरु भएको छ । हिन्दुस्तान पेट्रोलियम(एचपी) लुब्रीकेन्टको नेपाल वितरक एमएडब्लुको आयोजनामा दमकका लागि आधिकारिक डिलर बिजि सप्लायर्स मार्फत अटो रिक्साको फ्री सर्भिस क्याम्प संचालन गरिएको हो । आज आईतबारबाट सुरु भएको क्याम्प ३ दिन अर्थात चैत ३१ गते मंगलबारसम्म चल्ने एमएडब्लुका बजार प्रतिनिधि सृजन घिमिरेले जानकारी दिए ।


सर्भिस क्याम्प अवधिभर जुनसुकै ब्रान्डका अटो सर्भिस गर्दा शुल्क नलाग्ने र पार्ट्स र लुब्रीकेन्टमा समेत १०% छुट दिईने बिजि सप्लायर्स दमकमा प्रमुख बन्धु कार्कीले बताएका छन । त्यस्तै क्याम्पको अवसरमा टि सर्ट, किरिङं र आकर्षक उपहार पनि पाउन सकिने जनाईएको छ । उच्चस्तरीय क्वालिटीको एचपी लुब्रीकेन्ट बजाज, टिभिएस, पियाजियो, अतुल र अन्य जुनसुकै ब्रान्डका उपयुक्त रहेकाले ढुक्क भएर कामाख्य अटो वर्कसपमा सम्पर्क गर्न वर्कसपका संचालक याम कार्कीले आग्रह गरे ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय