
दमक।। दमक- ९ स्थित निम्स नेशनल हस्पिटलमा निकै पूरानो घुँडाको कुर्कुरेको हड्डी च्यातिएका (मेडिअल मेनिस्कस ) दमकका एक जना विरामीको दुरबिन प्रबिधिबाट सफल शल्यक्रिया भएको छ ।
अस्पतालका वरिष्ठ ट्रमा, स्पोट्र्स, ज्वाइन्ट रिप्लेसमेन्ट र स्पाइन सर्जन डाक्टर नवीन कुमार सिंह ,डा. दिव्य खनाल, डा. शुरेस यादव,डा.अनिल ओझासहितको चिकित्सक टोलीले विरामी दमक- ८ किरात चौकका निश्चल केसीको सफल शल्यक्रिया गरेका हुन् ।
बिरामीको घुँडाको कुर्कुरे हड्डी बास्केटबल खेल्ने क्रममा च्यातिएको कारण बिगत २ महिना देखि उनी घुँडा दुख्ने पीडित थिए । वरिष्ठ सर्जन डा.सिहका अनुसार घुँडामा जम्मा २ वटा सानो प्वाल बनाइ दुर्बिनले च्यातिएको कुर्कुरे हड्डीलाई सफा गरिएको छ ।क्याम्पसमोडमा अवस्थित निम्सले पछिल्लो पटक हाडजोर्नीको उपचार विस्तार गरेपछि पहिलोपटक यस्तो जटिल किसिमको शल्यक्रिया गर्न सफल भएको अस्पतालका अध्यक्ष बलभद्र कोइरालाले वताए । अस्पतालले सवैकिसिमको बिषेशज्ञ सेवासहित नेपाल सरकारको निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिआएको छ ।
अस्पतालका सञ्चालक दैनिक फिजियोथेरापी सेवा, डिजिटल एक्सरे सेवा, आधुनिक प्रणालीको मेसिनद्धारा प्याथोलोजी सेवा, फिजिसियन सेवा ,कार्डियो सेवा , सर्जरी सेवा , नाक,कान,घाटीको सेवा , नवजात शिशु तथा बाल रोग सेवा , महिला रोग तथा २४ सै घन्टा मेडिकल अफिसरबाट इमेर्जेन्सी सेवा प्रदान गरिदै आएको छ ।
अस्पतालले नयाँवर्ष देखि विरामीहरुको सुविधाका लागि सघन उपचार कक्ष ( आइसीयू ) सेवा विस्तार गर्ने तयारी भईरहेको उनले जानकारी दिए ।