
नयाँ बसर्पाकको टिकट काउन्टर केहि समय बन्द हुने भएको छ । राजधानी बाट देशव्यापी रुपमा लगभग ६० वटा जिल्लामा यातायातको प्रमुख केन्द्रको रुपमा रहेको नयाँ बसपार्कका टिकट काउन्टर बैसाख १ गते देखि केहि दिन बन्द रहने बताइएको छ ।
हाल ३५ वटा टिकट काउण्टर भएको बसपार्क कोरोना महाव्याधि पछिको भिडभाडलाई मध्यनजर गर्दै बसपार्कलाई अन्तरराष्ट्रिय मापदण्ड अनुसार विस्तार गर्न डिजिटल प्रविधिको प्रयोगमा वृद्धि गरेको र यात्रुहरुका लागी सहज वातावरण तयार गर्नका लागी पूर्वाधारको विकास गर्न केहि दिन बसपार्क बन्द रहने कुरा व्यवस्थापक समितिले बताएको छ ।
काउण्टर बन्द भएको समयावधिमा यातायत व्यवसायि कम्पनीहरुलाई नै टिकटको व्यवस्था मिलाउन बसपार्क सञ्चालक समितिले अनुरोध गरेको छ ।