jQuery(document).ready(function($){ //
});

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते पुनर्निर्माण गरिएको धरहराको उद्घाटन गर्ने भएका छन्। नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको छ। अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको छ। गजुर पनि केही दिनभित्रै राखिने उनले जानकारी दिए।

उनका अनुसार धरहराको पार्किङ र बगैँचातर्फको काम भने सकिएको छैन। वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको हो । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङलगायतका सुविधा हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय