jQuery(document).ready(function($){ //
});

आफ्नो चित्र आफैंले हेर्न पाउँदा त्यसको आनन्द बेग्लै हुँदै रहेछ। व्यापारी सुरेन्द्रवीर मालाकार आफ्नो दुरुस्त कोरिएको चित्र हेरेर दङ्ग परिरहेका थिए। विभिन्न कलाकारले समाजमा स्थापित विभिन्न व्यक्तित्वको पोट्रेट बनाएका छन्।

अभिनेत्री मनिषा कोइराला, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गायिका आनी छोइङ डोल्मा, नेतृ भद्रकुमारी घले, समाजसेवी अनुराधा कोइराला, होटल व्यवसायी अम्बिका श्रेष्ठ बैंकर पृथ्वीबहादुर पाण्डे लगायतको पोट्रेट बनाइको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागद्वारा आयोजित आठ दिने ‘मुहार चित्रकला कार्यशाला–२०७७’ मा बनाइएका विभिन्न व्यक्तिका चित्र राजधानीमा प्रदर्शन भइरहेको छ।

आठ दिनसम्म कार्यशालामा कलाकारहरू प्राज्ञ गजेन्द्रमान श्रेष्ठ, आलोक गुरुङ, बाबुराजा देउला, सिर्जन राजभण्डारी, डि.राम पाल्पाली, कृष्ण प्रकाश शाह, किशोर नकर्मी, रोशन प्रधान, प्रदिप श्रेष्ठ, पूजा मर्हजन र कान्छा काजी भासिमाले लाइभ पोट्रेट बनाएका थिए।

प्राज्ञ तथा चित्रकला विभागका प्रमुख सुषमा राजभण्डारीका अनुसार, कार्यशालामा तयार भएका मुहारचित्रको प्रदर्शनी एवं बिक्रीबाट प्राप्त रकम सिन्धुपाल्चोकको कालिकादेवी माध्यमिक विद्यालयका बालबालिकाको शिक्षामा सहयोग गरिनेछ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय