jQuery(document).ready(function($){ //
});

दमक/ दमक नगरपालिकाले दमकका वास्तविक सुकुम्बासीलाई बसोबासको व्यवस्था गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा बसोबास गर्दै आएका सुकुम्बासी तथा अति विपन्नहरुलाई बैकल्पिक घरको ब्यवस्था गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको जनाएको हो । नगरपालिकाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख रोमनाथ ओलीले सुकुम्बासीको भावनामा खेलवाड गर्दै पछिल्लो समय नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा बर्षौदेखि बनाइएको व्यक्तिका घर टहरा हटाएर खाली गराउने बिषयमा अवरोध नगर्न आग्रह गरेका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

२०७१ सालदेखि बारम्बार यस क्षेत्रका राजनीतिक दल एवं पुर्व नगर प्रमुख एवं जनप्रतिनिधिहरुले पटकपटक सार्वजनिक नगरको जमिन संरक्षण गर्न सहमति जनाएको फेहरिस्त प्रस्तुत गर्दै नगर प्रमुख ओलीले आफनो प्रतिबद्धता र नगरस्तरमा भएको दलीय सहमति विपरितका गतिबिधि नगर्न राजनीतिक दलहरुलाई आग्रह पनि गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडेर प्रधानमन्त्रीको गृह नगरमा सकुम्बासीहरुको घरमा डोजर लगाएको बिषय पछिल्लो समय सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यमहरुमा एकोहोरो रुपमा आइरहेको प्रति नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको र वास्तविकता त्यस्तो नरहेको प्रमुख ओलीले तर्क गरेका छन्।

उनले भने –वास्तविक सुकुम्बासी घरवार विहिन भएको को छ ? कसलाई घर दिईएको छैन त्यस्तो परिवार अहिले आए अहिले पनि घर पाउँछ र बसोबासको पुर्ण ग्यारेन्टि नगरपालिकाले गर्छ । आईदिनुहोस र आउन नसक्नेलाई ल्याईदिनुहोस हामी बसोबासको ग्यारेन्टि गर्छौ– नगरप्रमुख ओलीले थपे । बाहिर जग्गा जमिन एवं घर भएर यहाँ ठाउँ ओगटनेलाई नगरपालिकाले छुट्टै घर दिन नसक्ने तर वास्तविक रुपमा नै घर नभएका सुकुम्बासीलाई भने बसोबासका लागि आवासको वन्दोबस्ती गरिने प्रमुख ओलीले बताए ।

घर तथा जमिन खालि गराउनका लागि बारम्बार सूचना निकालेर यहाँ बसोबासीहरुसंग छलफल गरेर नै खालि गराईएको बताउदै कसैले पनि वास्तविकतालाई तोडमोड गरेर गैह्र जिम्मेवारीपन देखाउन नमिल्ने उनको धारणा छ ।

आधा दर्जनभन्दा बढि सुकुम्बासी घर परिवारहरु एक बर्ष अघि नै नयाँ बस्तिमा बनेको घरमा गएर बसेको र केहीले आफै ब्यवस्थापन हुने भनेपछि आर्थिक सहयोग समेत नगरपालिकाले गरेको उपप्रमुख गीता अधिकारीले बताईन् । हामीले घर बस्न चाहनेलाई नमुना बस्तिमा घर र नचाहनेलाई घरभाडा बापत रकम पनि दिएका छौ– उपप्रमुख अधिकारीले भनिन ।

अधिकारीले बारम्बारको सबैको आग्रह अनुसार नै सार्वजनिक सम्पती संरक्षणको दायित्वलाई सम्झेर अहिले अतिक्रमित क्षेत्र खाली गराउन खोजिएको जिकिर गरिन । वास्तविक सुकुम्बासीहरुको ब्यवस्थापन हाम्रो अर्थात स्थानीय सरकारको दायित्व हो र हामी यसबाट भाग्दैनौं– उनले भनिन् । उनले दमक ७ स्थित हाल खाली गराइदै गरेको क्षेत्रमा बन्ने नयाँ सपिङ कम्प्लेक्समा सोही ठाउँमा यस अघि व्यवसाय गरेर बसेका व्यवसायीहरुलाई नै पहिलो प्राथमिकता दिइने उपप्रमुख अधिकारीले बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय