jQuery(document).ready(function($){ //
});

शुक्रबार (चैत २७ गते) साँझबाट सामाजिक सञ्जाल फेसबुकमा फरक प्रकारको एउटा भिडियो भाइरल बन्यो। कुकुरलाई निर्ममतापूर्वक मारेको भिडियो थियो त्यो। त्यो घटना काभ्रेपलाञ्चोकको अट्ठाइसकिलोबाट काठमाडौं विश्वविद्यालय प्रवेश गर्ने बुद्धपार्क भन्ने ठाउँको हो। भिडियोमा एउटा सार्वजनिक पोलमा झुन्ड्याएर कुकुरलाई मारिएको दृश्य समेटिएको छ। दृश्यमा दुईजना मानिसले लट्ठी, कोदालो र भाटाले कुकुरको टाउकोमा प्रहार गरी निर्ममतापूर्वक मारेको देख्न सकिन्छ।

नागरिक दैनिकले लेखेको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

त्यो दृश्य भाइरल बनेपछि पशु अधिकारकर्मीले सामाजिक सञ्जाल फेसबुकबाटै न्यायका लागि भोलिपल्ट बुद्धपार्कमा जान सबैलाई आह्वान गरे। सोही आह्वानबमोजिम भोलिपल्ट शनिबार दिउँसो काठमाडौंबाट गएका र अन्य केही व्यक्ति तथा संस्थाका प्रतिनिधि गरी झन्डै दुई दर्जन मानिस बनेपामा भेला भए। उनीहरू प्रहरीलाई लिएर बुद्धपार्क पुगे। त्यहाँ स्थानीय र पशु अधिकारकर्मीबीच झन्डै दिनभरि नै घम्साघम्सी पर्‍यो।

टोलीमा सहभागी श्रीस एनिमल रेस्क्युकी अध्यक्ष सिर्जना ठकुरीले कुकुरलाई निर्ममतापूर्वक मार्नु हुन्न भनी जनचेतना फैलाउन घटनास्थल पुगे पनि स्थिति घम्साघम्सीमा परिणत भएको जनाइन्। कुकुरलाई मारेको सामान्य विषयमा पनि यत्रो गुन्डागर्दी गर्न आएको भन्ने स्थानीयको विरोधपछि अधिकारकर्मी र स्थानीयबीच हात हालाहालको स्थिति आएको उनले बताइन्।

‘प्रहरी सँगै लिएर नगएको भए त्यहाँ हातपातको अवस्था आउने थियो,’ उनले नागरिकसँग भनिन्। कुकुरलाई निर्ममतापूर्वक मारेको भिडियो काठमाडौं विश्वविद्यालयमा अध्ययनरत एकजना विद्यार्थीले घरको झ्यालबाट खिचेर सामाजिक सञ्जालमा राखेको जनाइएको छ। घटनाले उग्र रूप लिएपछि अहिले त्यो भिडियो हटाइएको छ। घटनाको दुई सातापछि मात्रै उनले भिडियो फेसबुकमा राखेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय