jQuery(document).ready(function($){ //
});

शरीरमा आउने अनावश्यक रौँले आम मानिसलाई हैरान बनाएको छ । शरीरमा आउने यस्ता रौँहरुले व्यक्तिको  सुन्दरतामा ह्रास आउँछ । शरीरका विभिन्न भागहरुमा आउने रौँहरुको आफ्नै विशेषता हुन्छ । तर, कतिपय मानिसहरुको शरीरमा अनावश्यक रौँ आउने समस्या हुन्छ ।

शरीरमा अनावश्यक रौँ आउनाले महिला पुरुष दुबैमा नकरात्मक असर पर्दछ । अझ पुरुषको तुलनामा महिलाहरुमा बढी असर पर्ने गर्दछ । जसबाट छुटकारा पाउनको लागि मानिसहरु बजारमा पाइने विभिन्न चिजहरुको प्रयोग गर्ने गर्दछन् । तर, बजारमा पाइने यस्ता चिजहरुमा विभिन्न प्रकारका केमिकलहरु प्रयोग भएको हुन्छ । जसले शरीरमा असर पुर्याउँछ । शरीरमा भएको अनावश्यक रौँ हटाउनको लागि केही यस्ता घरेलु उपायहरु अपनाउनुहोस् ।

RAWA Hills Town Property

RAWA Hills Town Property
  • मह, कागती र चिनीको मिश्रण बनाउने र यसलाई मनतातो बनाएर रौँ भएको ठाउँमा लगाउने । त्यसपछि सुतीको कपडाले यसलाई छोप्दै, निकाल्दै गर्ने । यसो गर्दा कपडासगै रौँ निस्किन थाल्छ र छाला चम्किलो बन्छ ।
  • चिनी र कागती मिसाएर फाल्नुपर्ने रौँ भएको ठाउँमा लगाउने र १५ मिनेटजति मसाज गर्ने र पानीले सफा गर्ने यसाे गर्दा रौं कम हुँदै जान्छ ।
  • बेसनमा दही मिलाएर पेस्ट बनाई अनावश्यक रौँ भएका ठाउँमा दल्ने र केही बेरपछि यसलाई रगडेर चिसो पानीले धुने गर्दा रौँ क्रमशः हराउदै जान्छ ।
  • बजारमा ‘प्युमिक स्टोन नाम गरेको पत्थर पाइन्छ । नुहाउनुअघि अनावश्यक रौँ भएको ठाउँमा यो पत्थरले रगड्ने गर्नाले रौं झर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय