
बिर्तामोड / मौलिक जरोकिलो पार्टी १ नं प्रदेश समितिको विशिष्ट नेत्तृत्व एवम् झापा जिल्ला समितिको आयोजनामा विक्रम सम्बत २०७८ सालको आगमनको अवसरमा आज बैशाख १ गते झापाको बिर्तामोडमा शुभकामना आदानप्रदान सत्सङ्ग सम्पन्न भएको छ ।
आयोजित सत्सङ्गको सभापति झापा जिल्ला अध्यक्ष नारायण प्रसाद रिजाल र प्रमुखवक्ता १ नं प्रदेश अध्यक्ष इन्द्र प्रसाद ओली रहनु भएको थियो ।

पानसमा दीप प्रज्वलन, मङ्गगलपाठ एवम् राष्ट्रियगानको साथ शुरु भएको सत्सङ्गमा जरोकिलो महाअभियान सम्वद्ध महाअभियानाताहरु रोमा देवी निरौला, विष्णु प्रसाद उप्रेती, उमाकान्त सिटौला, तुलसा पाठक, लिलाराज न्यौपाने, चन्द्रकला दाहाल भट्टराई, हीरा बाँस्तोला, उद्धव थापा, दिपेन्द्र घिमिरे, निरु पोख्रेल,राजवंशी समाजकी पुनम राजवंशी, दुर्गा सिवाकोटी, सुजाता कोइराला, लक्ष्मी ढकाल, राधा तिम्सिना लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

आजको सत्सङ्गमा प्रदेशका विभिन्न क्षेत्रबाट सन्तोष दाहाल, राजकुमार दाहाल, कृष्णा देवी चुडाल, शुभद्रा गेलाल, देवी प्रसाद आचार्य, विद्या खरेल लगायतका महाअभियानाताहरुको उपस्थिति रहेको थियो ।

स्थानीय प्रहरी प्रशासनको अनुमति प्राप्त गर्दै दुर्गा मन्दिर परिसरमा सम्पन्न सत्सङ्गमा उपस्थिति जनाउनु हुने र सहयोग पुर्याउनु हुने सम्पूर्ण मान्यजनहरुमा मौलिक जरोकिलो पार्टी १ नं प्रदेश समितिले हार्दिक आभार व्यक्त गरेको छ ।

नवीन विचारधाराकासाथ नेपालको मौलिकता, गौरव र सांस्कृतिक महत्व बोकेको विक्रम सम्बत अनुसारको नववर्ष २०७८ साललाई, साँझ घरघरमा दीपावली गरि भव्य स्वागत गर्न मौलिक जरोकिलो पार्टी, १ नं प्रदेश सचिव राजकुमार दाहालले अनुरोध गर्नु भयो।