
सामान्यतया कुनै पनि महिलाहरुको विहेपछि शरीर भद्धा हुँदै जान्छ । पुरुष मित्रहरु कुनै स्लिम स्त्रीलाई मन पारेर विहे गर्ने फैसला गर्दै हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नैपर्छ । त्यो के हो भने तपाइँले मन पारेकी स्लिम केटीकोशरीर विहेपछि पनि उस्तै स्लिम रहन्छ भन्ने पक्का हुँदैन । त्यसैले अहिले भद्धा बनेको खण्डमा पनि उस्तै माया गर्ने बाचा गरेर लगनगाँठो कस्ने सुर कस्दा राम्रो होला ।
।ओहायो विश्वविद्यालयमा गरिएको पछिल्लो अनुसन्धानले विहेपछि महिलाहरु मोटाउने र सम्बन्ध विच्छेदप्रति पुरुषहरु मोटाउने तथ्य पत्ता लगाएको छ । महिलाहरुले विहेपछि आफ्ना पतिको वा कर्मघरका मान्छेहरुको बढि सेवा गर्नुपर्ने हुन्छ , जसका कारण उनीहरुले आफ्नो शरीरको तन्दुरुस्तीको लागि समय दिन पाउँदैनन् । बिहेपछि महिलाहरु बढि आत्मविश्वासी बन्ने र आफ्नो जिउडाल र सुन्दरताको मामिलालाई कम मात्र महत्व दिने गरेकाले पनि सरिर मोटाउँदै जाने अनुसन्धानकर्ताहरु बताउँछन् ।
अध्ययनकर्ताहरुले पुरुषहरु भने विहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको बताउँछन् । विहेपछि पुरुषहरुले मानसिक मात्र होइन शारीरिक रुपमै बढि उर्जा खर्च गर्नुपर्ने हुन्छ । अर्को कुरा बिहेपछि पुरुषहरु आफ्नो तन्दुरुस्तीको मामिलामा समेत महिलाको भर पर्छन् त्यसैले जब डिभोर्स पछि उनीहरु एक्ला हुन्छन् उनीहरुलाई व्यायामको होस् हुँदैन र मोटाउँछन् ।