jQuery(document).ready(function($){ //
});

विर्तामोड । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि झापाका ९५ सामुदायिक विद्यालय छनौट गरेको छ । देशभरका ७ हजार २७८ सामुदायिक विद्यालय छनौटमा परेका छन् ।
झापाको अर्जुनधाराका ९, कनकाईका १०, गौरादहका १५, दमकका ३, विर्तामोडका ३, भद्रपुरका १, मेचीनगरका ८, शिवसताक्षीका ६, कचनकवलका ४, कमलका ९, गौरीगञ्जका ३, झापा गाउँपालिकाका ५, बाह्रदशीका ६, बुद्धशान्तिका ९ र हल्दिवारीका ४ वटा विधालय सो कार्यक्रमका लागि छनौटमा परेका हुुुन्। त्यसमा विर्तामोडको मोहनमाया मावि, शुक्रराज आधारभुत विधालय र सरस्वति मावि छनौटमा परेका हुुुन्। जिल्लामा सबैभन्दा धेरै गौरादहमा १५ वटा र एउटा विधालय भद्रपुरको छनौटमा परेका हुुुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयनका लागि विद्यालय छनौट गरि मापदण्डहरु समेत सार्वजनिक गरेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

छनौट भएका विद्यालय र कार्यक्रमहरु सबै स्थानीय तह र विद्यालयले कार्यन्वयन गर्नुपर्नेछ । सो कार्यक्रममा छनौट भएका विद्यालय र कार्यक्रमका लागि संघीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा निकास गर्ने शिक्षा विभागले जनाएको छ ।

छनौट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण, खानेपानीसहितको शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, सिकाई तथा विभिन्न प्राविधिक विषयहरु समेटिएका छन् ।
छनोटमा परेका झापाका ९५ वटा विधालयहरुमध्ये अर्जुनधाराको जनता मावि, लक्ष्मी मावि सिहदेवी मावि, सिंहश्वरी प्रा. वि, सिंह बाहिनी प्रा. वि., भिमले आधारभुत विधालय, नवदुर्गा आधारभुत विधालय, शनिश्चरे मावि, प्राथमिक विधालय रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय