
काठमाडौं महानगरपालिकाले आज महानगरपालिकाका सबै विद्यालयलाई पत्र लेख्दै कुनै विद्यालयका शिक्षक विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाईएका अर्को सूचना नभएसम्म कम्तीमा एकहप्ता स्कूल बन्द गर्न अनुरोध गरेको छ।
काठमाडौं महानगरपालिकाका प्रमुखको निर्णय अनुसार यस्तो अनुरोध गरिएको हो। यस्तो बेला बैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्न गराउन र त्यस्तो अवस्था नभएमा सामाजिक दुरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसंग हात धुने र स्यानिटाईजर प्रयोग गरी अभिभावकहरु समेतको सहमतिमा स्कूल संचालन गर्न अनुरोध गरेको छ।