
कोभिड – १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिएको खबर प्राप्त भएको छ ।

स्वास्थ्य र शिक्षा मन्त्रालयको समन्वयको अभाव तथा सरोकारवालाहरुको आपत्तिका कारण विद्यालय खुलाउने या बन्द गर्ने भन्ने बारेमा सरकारले निर्णय गर्न सकेको थिएन । अब भने शहरी क्षेत्रहरुमा विद्यालयमा वैकल्पिक माध्यमद्वारा पठनपाठन गराउने काम मन्त्री परिषद्ले सिफारीस पारित गरे लगत्तै लागू हुने छ ।

योसँगै सरकारले कोभिड १९ लाई मध्यनजर गर्दै नयाँ स्वास्थ्य मापदण्ड पनि जारी गर्ने भएको छ ।