
झापा / मिति २०७८ साल बैशाख ४ गते भद्रपुर नगरपालीका १ पृथ्वी चोकमा स्थिति कुलेचोक शितल मन्दिर प्राङ्गणमा युग निर्माण महिला समाज नेपालद्वारा अर्गानिक कपूर धूप शिप तालिमको आयोजना गरिएको छ।
यो तालिम २०७८ बैशाख ४ गते देखि बैशाख ६ गते सम्म संचालन हुनेछ ।

आयोजित कार्यक्रमको सभापतित्व : चन्द्रकला भट्टराईले गर्नु भएको थियो, प्रमुख उपस्थिती : मौलिक जरो किलो पार्टीका प्रदेश १ अध्यक्ष इन्द्र प्रसाद ओली, विशिष्ट उपस्थिती : मैया माताज्यू ( शितल मन्दिर), मौलिक जरो किलो पार्टी प्रदेश १ महासचिव अर्जुन कुमार भट्टराइ,प्रदेश सचिव: रोमा देवी निरौला र राजकुमार दहालको उपस्तिथि रहेको थियो साथै जिल्ला सदस्य कृष्णा देवी चुडालको समेत उपस्थिति रहेको थियो ।

उक्त तालिमको प्रमुख प्रशिक्षक : खेम कुमारी ओली हुनुहुन्छ भने सहायक प्रशिक्षकमा लक्ष्मी ढकाल हुनुहुनछ।।

महिला दिदीबहिनीहरुमा अनुसन्धान, उद्यमशिलता, रोजगारी र व्यक्तित्व बिकासमा सहयोग पुर्याउने उद्देश्यले आयोजित त्रिदिवसिय “अर्ग्यानिक कपुरधूप सिप तालिममा ३२ जना सहभागीहरुको उपस्थिति रहेको छ।