
दमक । पहिलो पाइला नेपाल दमक शाखाको अध्यक्षमा दीपक खड्का निर्विरोध चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको अधिवेशनले दीपक खड्काको अध्यक्षतामा कुल १३ सदस्यको कार्यसमिति चयन गरेको छ ।
खड्काले आफ्नो कार्यकालमा दमकमा धेरै सामाजिक कामहरू गरेका छन् ।
त्यसैगरी प्रथम उपाध्यक्षमा निसा घिमिरे, द्वितीय उपाध्यक्षमा सुरेश बराल, सचिवमा मेघनाथ फुयाँल, कोषाध्यक्षमा दिवस खतिवडा र सहसचिवमा राजु निरौला सर्वसम्मत चयन भएका छन् साथै सदस्यहरुमा रोशन अधिकारी, निश्चल घिमिरे, दीक्षा घिमिरे, विष्णु राई, निमेश रिजाल, पूजा दाहाल, लभराज खड्कालाइ चयन गरीएकाे छ ।
शनिबार बसेको बैठकले सामाजिक ब्याक्तित्व बिमल शर्मा, राजु खड्का, छवि घिमिरे, गणेश प्रधानलाई पहिलो पाइला नेपाल दमक शाखाको सल्लाहकारमा समेत चयन गरेको छ ।