jQuery(document).ready(function($){ //
});

विभाजनको संघारमा पुगेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पौने दुई घन्टा वार्ता भएको छ। नक्सालस्थित मेरियट होटलमा भएको वार्तामा सकारात्मक कुराकानी भएको बताइएको छ। वार्तामा पार्टीका नेता तथा अर्थमन्‍त्री विष्णु पौडेल पनि सहभागी थिए। 

केहीबेर वार्तामा सहभागी भएर पौडेल बाहिरिएपछि दुईजनाबीच ‘वान टु वान’ वार्ता भएको थियो। वार्ताबाट पहिले प्रधानमन्‍त्री बाहिरिएका थिए। त्यसपछि बाहिरिएका नेपालले पनि अहिले भन्‍ने कुरा केही नभएको बताए।

RAWA Hills Town Property

RAWA Hills Town Property

पौडेललगायतका दुवैतिरका केही युवा नेताहरुको विशेष पहलमा यो वार्ता सम्भव भएको हो। यसअघि युवा नेता योगेश भट्टराई बुधबार बालुवाटार पुगेर पार्टी एकता जोगाउन एमालेका अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीलाई आग्रह गरेका थिए। ओलीले नेपालसहित २७ सांसदलाई स्पस्टीकरण सोधेर कारबाहीको चेतावनी दिएपछि पार्टी विवादले उत्कर्ष लिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय