jQuery(document).ready(function($){ //
});

काठमाडौं उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक बाहेकका काम नहुने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका हुन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएकोले उक्त निर्णय लिएको हो । यस्तै उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

कोरोना संक्रमणको दर बढेकाले भिडभाड नियन्त्रण गर्न यस्तो निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले बताए । उनले राजधानीका अन्य सेवा प्रवाह गर्ने कार्यालयमा पनि भिडभाड नियन्त्रणका लागि आवश्यक निर्णय गर्नुपर्ने बताए ।

‘हामी आज (सोमबार) पनि वैठकमा बस्दैछौँ, कोरोना संक्रमणको बृद्धिदर, नियन्त्रणको स्थिती लगायतका तथ्यांक विश्लेषण गरेर आवश्यक निर्णय गछौँ ।’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने ।

उनले पहिलो चरणमा सेवाग्राहीको भिडभाड हुने सबै सरकारी र नीजि क्षेत्रका कार्यालयहरुमा भिड नियन्त्रण गर्नु आवश्यक भएको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय