
सरकारले काठमाडौँ उपत्यकामा बिहीबार विहानबाट निषेधाज्ञा गर्ने भएको छ । उपत्यकाका तीनवटै जिल्लामा १६ गतेदेखि बिहीबार बिहान ६ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी भएको हो ।
काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रजिअहरुको बैठकले यो निर्णय गरेको हो।
काठमाडौँ जिल्ला प्रशासनको सूचनाअनुसार सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाइएको छ।
अत्यावश्यक सेवाहरुबाहेक अन्य सबै सेवाहरु बन्द गरिएको पनि सूचनामा उल्लेख छ।

