
दमक / दमक उधोग वाणिज्य संघले निशुल्क मास्क बितरण गरेको छ । हाल कोरोनाको दोस्रो लहर तिब्र रूपमा चलिरहेको छ। विदेशी मुलुकमा कोरोना दोस्रो लहरले ठूलै प्रबाभ पारी सकेको छ भने नेपालमा पनि दोश्रो लहरको असर देखा पारी सकेको छ। छिमेकी मुलुक भारत मा दैनिक हजारौं मानिस को अल्प आयु मै निधन भएको खबर हामी सबैलाई थाहा नै छ।

यो कोरोना भाइरस बाट बाँच्न केही साधारण नियम हरु छन् जुन हामी सबै जन्ताले मान्नु पर्छ। भरसक बिनाकाम बाहिर न निकलिने अथवा निक्ली हाले मास्कको अनिवार्य प्रयोग जरुरी छ।

सोही विषय लाई मध्य नजर गर्दै दमक उद्योग वाणिज्य संघलद्वारा निःशुल्क मास्क वितरण कार्यक्रम साथै कोरोन बाट कसरी बचन सकिने बारे जनचेतन मुलुक कार्यक्रम भयो । आज दमक ६ सब्जी बजार वरपर वाणिज्य संघले , संघ का पधादिकारीको उपस्थिमा मास्क वितरण गरेको खबर संघका पधादिकारी चन्द्र खत्रीले जानकारी दिनु भयो।
दमकमा बढदै गरेको कोरोना का संक्रमित को त्रासले सो कार्यक्रम आज समापन भयो। बाणिज्य संघद्वारा दमकमा विभिन्न स्थानमा कोरोना बाट जोगिने जनचेतनामुलक ब्यानर पोस्टर पनि लगाउने कार्य भयो।
