jQuery(document).ready(function($){ //
});

नेपालमा आज कोरोना भाइरस कोभिड १९ बाट ४५२४ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ पीसीआर परीक्षणमा ४ हजार ३६४ र १ हजथार ९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । योसँगै कूल मृतक संख्या ३ हजार १९४ पुगेको छ ।

सक्रिय संक्रमित संख्या २६ हजार २२५ पुगेको छ । ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या १० पुगेको छ जसमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, मोरङ र पर्सा छन् ।

२०० भन्दा बढी सक्रिय संक्रमित संख्या भएका जिल्ला ९ छन् जसमा सुनसरी, बारा, मकवानपुर, पाल्पा, बर्दिया, कपिलबस्तु, सुर्खेत, कञ्चनपुर र कैलाली छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय