jQuery(document).ready(function($){ //
});

दमक/ दमक नगरपालिकाले सबै बिद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्ने भएकाछन् । पुर्व निर्धारीत भनिएका परिक्षा लगायतका भौतिक उपस्थितिमा हुने पठनपाठन बन्द नै रहने दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए ।

यसभन्दा अघि नगरपालिकाले १४ गतेसम्म बिद्यालय बन्द गरेर १५ गतेदेखि परिक्षा गर्न सकिने भन्दै परिपत्र गरेको थियो । यद्यपी दमकका अधिकाँश बिद्यालयहरुले कक्षा १० (एसइइ) प्रीटेस्ट भन्दै परिक्षा लिएको पाईएको छ । उनिहरुले संघीय सरकार र स्थानीय सरकारको परिपत्र समेत नटेरेर गरेको खुलेको छ । दमकका अधिकाँश बिद्यालयहरु खुलेको पाइएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

संघीय सरकार र जिल्लाबाट निर्णय आइसकेको अवस्थामा आफुहरुले थप परिपत्र नगरेको र अन्योल रहेको भन्ने बाहिर आएकाले मंगलवार सर्वपक्षिय छलफलबाट यहाँका बिद्यालयहरु बन्द नै रहने निर्णय भएको नगर प्रमुख ओलीले बताएकाछन् । दमकमा जोखिम बढ्दै गएकाले दुरी कायम गर्नु र स्वास्थ्य सावधानी अपनाउनु सबैभन्दा महत्वपुर्ण बिषय हो, ओलीले बताए ।

यसैबीच दमक ५ स्थित मेची स्कूलका प्रिन्सिपल एवं प्याव्सनका अगुवा श्रवण पोखरेलले हामी सरकारको निर्णय पालना गर्छौ र गरिरहेका छौ, उनले प्रतिबद्धता पनि जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय