jQuery(document).ready(function($){ //
});

कोभिड-१९ को महामारीबाट विश्व नै आक्रान्त बनेको अवस्थामा मास्कको प्रयोग गर्नेहरू बढेका छन् । कोरोना सङ्क्रमण बढी रहेका समयमा मास्कको प्रयोगमा पनि विज्ञहरूले जोड दिएका छन् । घरबाहिर भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अरूलाई पनि त्यसको जोखिमबाट जोगाउन मास्कले धेरै हदसम्म सहयोग पुर्‍याउने चिकित्सकहरू बताउँछन् ।

मास्क प्रयोग कसरी गर्ने :

RAWA Hills Town Property

RAWA Hills Town Property

-मास्क प्रयोग गर्नुपूर्व साबुन पानीले २० देखि ६० सेकेण्डसम्म मिचिमिची हात धुने ।

-मास्क शुद्ध र सफा छ या छैन भनेर यकिन गर्ने । 

-मास्क निकाल्ने बेलामा मास्कको दुवैतर्फको डोरीमा मात्रै समाएर नाक, मुख र चिउँडो समेत छोपिनेगरी मास्क लगाउने ।

-मास्क लगाउँदा मास्क र अनुहारकोबीचमा कतै पनि खाली ठाउँ नराख्ने (दायाँबायाँबाट सास निस्कने छिद्र पनि राख्नुहुँदैन)

-मास्क लगाइरहेको बेलामा मास्कलाई हातले नचलाउने । 

-मास्क निकाल्ने बेलामा पनि मास्क लगाउने बेलामा जस्तै साबुन पानी वा अल्कोहल मिसिएको कुनै बस्तुले हात धुने । 

– दुवै हातले मास्कको डोरीमा समाएर बिस्तारै मास्क निकाल्ने ।

-मास्क खोलीसकेपछि फेरि साबुनपानीले हात धुने ।

-आफूले प्रयोग गरेको मास्क अरूलाई प्रयोग गर्न नदिने । 

– कपडाको मास्क भिजेको छ भने त्यसलाई सुख्खा बनाएर मात्रै प्रयोग गर्ने ।

-कपडाकाे मास्क फोहोर भएको छ भने त्यसलाई साबुनपानीले धुने र घामले भेट्ने ठाउँमा सुकाउने । 

-मास्क डिस्पोज गर्दा ढक्कन भएको भाडोमा मात्रै फाल्ने गर्नुुपर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय