
मुलुकमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै उपत्यका लगायत विभिन्न शहरहरुमा निषेधाज्ञाको घोषणा भएको छ । स्वदेश तथा विदेशमा कोरोना संक्रमणको कारण ज्यान गुमाउन पुगेकाहरुप्रति मौलिक जरोकिलो पार्टीले भावपूर्ण श्रद्धान्जली अर्पण गरेको छ साथै संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यस विषम परिस्थितिमा सर्वसाधारण जनता र राज्य संचालकहरु बीच उचित तालमेल हुनु अत्यन्त आवश्यक रहेको ठहर गर्दै मौलिक जरोकिलो पार्टी निम्न अनुरोध गरेको छ ।
सर्वसाधारणलाई अनुरोध :
१. घर बाहिरबाट फर्किएपछी साबुन पानीले राम्रोसंग हात धोऔं ।
२. मास्क लगाउनुपर्ने नियम कडाइका साथ पालन गरौँ ।
३. बाहिर निस्किँदा आँखा, नाक र मुखमा नछोऔं ।
४. रोग प्रतिरोधात्मक क्षमता बढाउन नियमित योग तथा व्यायाम गरौँ।
५. गलत सन्देश सामाजिक संजालमा फैलाउने काम नगरौं।
६. आफ्ना छरछिमेकमा खाद्य सामग्रीको अभाव भए सके आफै व्यवस्था गरिदिऔं नत्र स्थानिय जनप्रतिनिधि समक्ष पहल गरौँ।
सरकारलाई अनुरोध :
१. अस्पतालहरुमा अत्यावश्यक सामग्रीको अविच्छिन्न उपलब्ध गराइयोस् ।
२. मजदुर तथा श्रमजीवीलाई सहज र सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुर्याउने व्यवस्था गरियोस् ।
३. नेपाली नागरिकलाई संकटको समयमा स्वदेश फर्कन पाउने अधिकारको सम्मान गरियोस् ।
४. दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने नागरिकलाई खाद्यान्नको व्यवस्था गरियोस् ।
५. निषेधाज्ञाको समयमा बन्द रहेका साना व्यवसायीको भाडा तिर्न, झार उखेलेर बजेट सक्ने ’रोजगारी कार्यक्रम’ बाट रकमान्तर गरेर कोष खडा गरियोस् ।
६. संकटबाट मुक्त गर्न अग्रपंक्तिमा रहेर कार्य गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको योगदानको उच्च मुल्यांकन गरियोस् ।