
नेपालमा एकैदिन कोरोना संक्रमितको संख्या ५ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १३ हजार ८७९ पीसीआर र ९५५ एन्टिजेन परीक्षणबाट गरी ४ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।