
– किशोर निरौला
मधुमल्ला/ कोरोना भाईरसको दोश्रो लहर सुरु भएसँगै जोखिम नियन्त्रणका लागि मधुमल्ला प्रहरीले सचेतना अभियान सुरु गरेको छ ।
तपाईकाे माक्स खै तपाईं आफैले जान्नु पर्न कि त हामी ले भनेकाे मान्नु पर्न
मधुमल्ला बजार लाई कोरोना भाईरसको जोखिम न्युनिकरणका लागि मधुमल्ला प्रहरिले मुख्य चोक, दमक रोड, मुधमल्ला रोड,मधुमल्ला बजार लगायतका क्षेत्रमा सचेतना अभियान संचालन गरेको हो । सचेतना अभियानलाई ट्राफिक प्रहरी पोसट मधुमल्ला का ट्राफिक प्रहरी राजकुमार गाैतम ले पनि सहयोग गरेका छन।
मधुमल्ला प्रहरी चाैकि का ईनचाच देबन्द्र फुयाल ले कोरोना भाईरसबाट बच्न माक्स प्रयोग गर्न आग्रह गर्दै नि : शुल्क माक्स समेत वितरण गरेका थिए । अभियानका क्रममा ४ हजार भन्धा बढी माक्स वितरण गरिएको वाड नम्बर ९ का वडा अध्यक्ष साेमनाथ अधिकारी ले जानकारी दिनुभयो ।

नेपालमा कोरोना भाईरसको दोश्रो लहरको जोखिम बढेसँगै माक्स र सेनिटाइजर प्रयोग गर्न आग्रह गर्दै अभियान चलाएको मधुमल्ला गाउपालिका अध्यक्ष देबि पर्साद आचार्य ले बताउनुभयो । कोरोना नियन्त्रणका लागि मधुमल्ला स्वास्थ साखा मधुमल्ला का स्वास्थ प्रमुख चिन्ता मणि पाेखरेल ले आगामी दिनमा पनि स्वास्थ अभियान चलाउने जानकारि दिनु भयेकाे छ ।