
दमक । झापामा आइतबारदेखि जिल्लाभर निषेधाज्ञा लागू हुने भएको छ।
आइतबार राति १२ बजेदेखि लागू हुनेगरी एक साता लामो निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी गराए । बैशाख २६ गतेसम्म आंशिक रुपमा निषेधाज्ञा लागू हुनेछ।


