jQuery(document).ready(function($){ //
});

किशोर निरौला ।।

मोरङमा मकैबारीमा महिलाको शव भेटियो, बलात्कारपछि हत्या भएको आशंका

RAWA Hills Town Property

RAWA Hills Town Property

मोरङको रतुवामाई नगरपालिका–४ स्थित भद्र चोकमा एक महिलाको शव भेटिएको छ ।

आइतबार बिहान ११ बजेतिर शंकास्पद अवस्थामा मकैबारीभित्र महिलाको शव भेटिएको इलाका प्रहरी कार्यलय सिजुवाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ।

अन्दाजी ३०–३५ वर्षीया महिला मृत भेटिएको र उनको पहिचान खुल्न नसकेको उनले बताए । अर्धनग्न अवस्थामा महिलाको शव भेटिएकाले बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको प्रहरी निरीक्षण खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय