jQuery(document).ready(function($){ //
});

दमक/ झापाको दमक बेलडाँगीमा अवस्थित कोरोना उपचार केन्द्र पुन सञ्चालनमा आएको छ । उक्त कोभिड उपचार केन्द्रमा चार जना संक्रमित उपचारार्थ भर्ना भएका छन् ।

दमक अस्पताल मातहतको सो उपचार केन्द्र यस अघि पहिलो चरणको कोरोना संक्रमण कालमा स्थापना गरिएपनि संक्रमण घटेका कारण विरामी नआएको पाइएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

राम्रो व्यवस्थापनसहित सो उपचार केन्द्र पुन सञ्चालनमा आएपछि आज पहिलो दिननै दिउँसो २ बजे सम्ममा चार जना संक्रमित उपचारका लागि भर्ना भएको पाइयो ।

चार दिन अघि दमक नगरपालिकामा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकमा सो उपचार केन्द्रलाई व्यवस्थित गर्दै पुन सञ्चालनमा ल्याउने निर्णय भएको थियो । दमक नगरपालिकाकी उपप्रमुख तथा कोभिड उपचार केन्द्र व्यवस्थापन समिति संयोजक गीता अधिकारीका अनुसार ४ वटा एचडीयुसहित कूल ३० बेड क्षमताको कोरोना विशेष उपचार केन्द्र पुन सञ्चालनमा ल्याइएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय