jQuery(document).ready(function($){ //
});

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ । स्वचालित मुख्य प्रणाली अनुसार पछिल्लो पटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको निगमले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि निगमले कोभिड–१९ को विषम परिस्थितिलाई मनन् गर्दै मूल्यबृद्धि नगर्ने भनेको छ।

आइतबार विज्ञप्ति जारी गर्दै निगमले पछिल्लो पटक मे १ मा इण्डियन आयल कर्पोरेसनबाट बढेर आएको पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रति लिटर ८ रुपैयाँ ७६ पैसा, डिजेलमा ३ रुपैयाँ ४२ पैसा र खाना पकाउने एल।पी ग्यासमा प्रति सिलिन्डर ३७५ रुपैयाँ १३ पैसा घाटा रहेको जनाएको छ । जसबाट निगमलाई हाल पाक्षिक करिब एक सय करोड नोक्सान रहेको जनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

तर, अहिले कोभिड–१९ को विषम परिस्थितिमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि गर्दा मुलुकको अर्थतन्त्र नै असहज अवस्थामा जान सक्ने खतरालाई मनन् गर्दै तत्काल मूल्यबृद्धिलाई रोकिएको निगमले बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय