jQuery(document).ready(function($){ //
});

गर्भवती महिलाहरुले स्वयंको तथा आफ्ना जन्मन लागेका शिशुहरुलाई कोरोना भाइरसबाट सुरक्षित राख्न सक्छन् । कोरोनाका कारण नेपालसहित विश्वका अधिकांश देशहरु यतिबेला प्रभावित भएका छन् । कोरोना भाइरसको संक्रमणको क्रममा गर्भवती महिलाहरु पनि आफू र आफ्नो गर्भमा रहेको बच्चाको स्वास्थ्यका लागि चिन्तित छन् । गर्भवती महिलाहरुलाई कोरोना भाइरस संक्रमणको खतराबाट बच्न निम्न उपायहरु अपनाउन सकिन्छ ।

नियमित रुपले हात धुनुपर्छ । हातलाई २० सेकेण्डसम्म राम्ररी धुनुपर्छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

-खासगरी अनुहारमा हात लगाउनुभन्दा अघि हात अवश्य धुने ।

– जुनसुकै खानेकुरा खानुअघि हात धुने ।

-गर्भावस्थामा घरमा नै बस्नु अति नै अनिवार्य हुन्छ ।

-खासगरी भीडभाड भएको स्थानमा जानबाट जोगिने । 

-वरिपरि कसैले पनि हाछ्युा अथवा खोक्यो भने टिश्युको प्रयोग गर्ने ।

-तपाईंलाई हाछ्यूँ आयो भने त्यसै गर्नु र त्यसपछि हात धुनुपर्छ ।

-कोरोनाबाट संक्रमित व्यक्तिको सम्पर्कमा आउनु हुँदैन ।

-बस अथवा अन्य सार्वजनिक सवारी साधनमा यात्रा गर्नुहुँदैन ।

-मानिसहरुसँग दुरी बनाएर नै कुराकानी गर्नुपर्छ ।

-पोषणयुक्त डाइट लिनुपर्छ र आफ्नो इम्युन सिस्टमलाई राम्रो बनाइरहनुपर्छ ।

-यसबाहेक कुनैपनि प्रकारको रुघा, खोकी तथा ज्वरो आएको जस्तो अनुभव भयो भने तुरुन्त चिकित्सकसंग सम्पर्क राख्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय