
दमक / राष्ट्रिय युवा संघ नेपाल झापाले दमकमा खटिएका सुरक्षकर्मीलाई २ हजार पिस सर्जिकल मास्क हस्तान्तरण गरेकाे छ ।
विश्वभर फैलिएको काेराेना भाईरसकाे भयावह अवस्थाकाे न्युनिकरणका लागि सरकारले लगाएकाे निषेधाज्ञालाई कार्यनयन गर्न खटिएका सुरक्षा कर्मीहरुका लागि राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्य शम्भु भण्डारीले दमक ईलाका प्रहरी कार्यलयका प्रमुख, डिएसपी नवराज कार्कीलाई सर्जिकल मास्क हस्तान्तरण गरेका हुन् ।
यस्तो विषम परिस्थितिमा कुनै पनि राेगले अस्पताल पुग्न नपाएर कसैले ज्यान गुमाउन नपराेस भन्ने उदेश्यले राष्ट्रिय युवा संघ नेपालले झापाका १५ वटै पालिकामा बिरामिका लागि निशुल्क १२ वटा सवारी संचालन गरिएको समेत संघका नेता भण्डारीले बताए । सवारीकाे निशुल्क सेवाका लागि नजिकैका राष्ट्रिय युवा संघका प्रतिनिधिहरु सङ्ग सम्पर्क गर्न समेत आग्रह गरेका हुन् ।
राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तारा गुरागाइ, नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य शुरज रिङ्गालुङ्, राष्ट्रिय युवा संघ दमक नगर उपाध्यक्ष डेन्जाेङ्ग शेर्पा, दमक ९ का जनप्रतिनिधि समिन रिजालकाे उपस्थितिमा मास्क बितरण गरिएकाे थियो ।