
पशुपतिस्थित तिलगंगामा विद्युतिय शवदाह गृह मर्मत सम्भार भइरहेकाले बागमती किनारमा अन्तिम संस्कारको काम भइरहेको छ । कोरोना संक्रमणबाट मृत्यु भएकालेहरुको समेत अहिले बागमती किनारमा अन्तिम संस्कार भइरहेको हो । मंगलबार दिउँसो १२ बजेसम्ममा कोरोना संक्रमणबाट मृत्यु भएको मात्रै १३ जनाको अन्तिम संस्कार गरिएको छ । हिजो दिनरभीमा ३६ जना मृतकका अन्तिम संस्कार गरिएको थियो ।
कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको विद्युतिय शवदाह गृहमा दाहसंस्कार गर्ने गरिएकोमा हाल त्यँहा मर्मत सम्भार भैरहेकोले तिलगंगास्थित बगरमा चिता बनाएर दाहसंस्कार गर्ने गरिएको हो ।
कोरोनाबाट निधन भएकाहरुको शब दाहसंस्कारका लागि आर्यघाटमा लाने रोक लगाईएको छ। विद्युतिय शवदाह गृहको प्रत्येक दुई दुई महिनामा मर्मत सम्भार गर्ने गरिएको छ। त्यँहा २ वटा विद्युति चिता भएकोमा एउटाको मर्मत सम्पन्न भएपनि दाहसंस्कार गर्दा तात्ने भएकोले दुईवटै चिताको मर्मत सम्भार सम्पन्न भएपछि मात्र दाहसंस्कार पुन सुरु गरिने जानकारी पशुपति विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले दिए ।
मर्मत सम्भारका लागि अझै २ दिन लाग्ने अनुमान गरिएको छ। कोरोनामा निधन भएकाहरुको दाहसंस्कारको व्यवस्थापन नेपाली सेनाको टोलीले गरिरहेको छ। दाहसंस्कारका लागि नेपाल सरकारले निशुल्क दाउरा उपलब्ध गराउने गरेको छ।