
कोरोनाको दोस्रो लहरले अहिले विभिन्न देशलाई अक्रान्त बनाएको छ। यसबाट सबैभन्दा बढी प्रभावित छिमेकी मुलुक भारत बनेको छ। भारतमा संक्रमितका कारण सबै अस्पताल भरिएका छन्। विज्ञहरुले संक्रमितलाई घरमै बसेर उपचार गराउन सल्लाहसमेत दिइरहेका छन्।
घरमा बसेका कतिपय संक्रमितहरुले आफूखुसी औषधि सेवन गर्दा भाइरस रोकिनुभन्दा झन् बढ्ने खतरा हुने विज्ञहरुले बताएका छन्। होम आइसोलेसन बसेका संक्रमितहरुहले कुन कुन औषधि खानु हुँदैन? नयाँ दिल्लीको एम्सका निर्देशक डा. रणदीप गुलेरियाले अथाभावी औषधि सेवन गर्दा संक्रमितलाई झनै खतरा हुनसक्छ। संक्रमितहरुले त्यस्ता औषधिहरु जथाभाबी नखान आग्रहसमेत गरेका छन्।
त्यस्ता एन्टिबायोटिक औषधिहरु डाक्टरको सल्लाह बिना नखान उनले सुझाएका छन्। उनका अनुसार कोरोना भाइरसको दुई स्टेज हुने गर्छ। शरीरमा कोरोना भाइरस फैलिएपछि ज्वरो आउने गर्छ। भाइरसहरु जब फोक्सोमा पुग्छ, त्यसपछि अक्सिजनको लेभल ह्वातै घटेर आउँछ।
दोस्रो स्टेजमा भाइरसले इम्युनिटी सिस्टममा प्रभाव पार्छ। योबेला मात्र डाक्टरको सल्लाहअनुसार औषधि खानुपर्ने उनको सुझाव छ। पहिल्यै औषधि खाँदा भाइरस झन् आक्रामक बन्ने उनको बुझाइ छ।
उनले जथाभाबी एक्सले र रगतको परीक्षणसमेत नगर्न सुझाएका छन्।