jQuery(document).ready(function($){ //
});

इटहरी\ सुनसरीमा आज मध्यराति १२ बजेदेखि वैशाख ३१ गते मध्यराति १२ बजेसम्म लागु हुनेगरी पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आजको बैठकले जिल्लाभित्र सबै प्रकारका सवारी साधन तथा मानिसको आवतजावतमा रोक लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले यसअघि जारी गरिएको जोर बिजोर प्रणालीमा सवारी सञ्चालन गर्न पाइने आदेश परिमार्जन गर्दै कुनै पनि सवारी साधन चलाउन नपाइने व्यवस्था गरेको हो । जोर बिजोर प्रणालीसमेत हटेपछि अब अत्यावश्यक कामका लागि प्रशासनको अनुमति लिएर मात्र सवारी सञ्चालन गर्न पाइने भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । तरकारी, फलफूल, खाद्यान्न, निर्माण सामग्रीजस्ता सामानको बिक्रीवितरण गर्न बिहान १० बजेसम्म मात्र पसल सञ्चालन गर्न पाइनेछ ।

उनका अनुसार कोरोना भाइरसको नयाँ भेरिएन्ट सहितको संक्रमण तिव्र रुपमा फैलिरहेको र जिल्लामा मानवीय क्षतिसमेत दैनिकजसो भइरहेकाले यसलाई न्यूनीकरण गर्न तथा संक्रमणको विस्तारलाई रोक्न पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रचलित कानून अनुसार कडा कारबाही गरिनेसमेत प्रजिअ ढकालले प्रष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय