
राजकुमार राई
किसाेर निराैला
धनकुटा//
धनकुटाको पाख्रिबास नगरपालिका- ७ राम्चेस्थित जंगलमा मंगलबार श्रीमान्-श्रीमती मृत अवस्थामा भेटिएका छन् ।
मृत्यु हुनेमा पाख्रीबास ६ तिल्केका करिब २२ वर्षीय सुनिल थापा र उनकी श्रीमती २० वर्षीया सिर्जना गुरागाईं रहेको प्रहरीले जनाएको छ ।
युवक झुन्डिएको र युवती भुइँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका धनकुटाका प्रहरी नायव उपरीक्षक सन्तुलाल जैशवालले जानकारी दिए ।
श्रीमान्ले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।