jQuery(document).ready(function($){ //
});

बुधबार मुलुकका विभिन्न क्षेत्रमा वर्षाकाे सम्भावना छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

बुधबार दिउँसो देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, बागमती र प्रदेश २ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ।

बुधबार राति देशका केही स्थानमा हल्क देखि मध्यम वर्षाको सम्भावना छ।

बिहीबार गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी र बाँकी क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय