jQuery(document).ready(function($){ //
});

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ढाडस दिएका थिए–उपचार नपाएर कोही पनि मर्नुपर्ने अवस्था आउन दिन्नँ। तर सम्बोधनको एक दिनपछि मंगलबार धनुषाको बटेश्वर गाउँपालिका–४ का ४५ वर्षीय लोकबहादुर परियारको उपचार नपाएरै मृत्यु भयो।

चार दिनदेखि रूघाखोकी, जिउ दुख्ने र ज्वरोबाट पीडित उनले गाउँकै औषधि पसलबाट औषधि किनेर सेवन गरेका थिए। समस्या झन् बल्झिँदै गएपछि उनी सोमबार साँझ करिब ७ बजेतिर बटेश्वर बजारस्थित आरपी मेडिकल हल पुगे। एकजना सहयोगीसहित मेडिकल पुगेका परियारलाई मेडिकल सञ्चालकसमेत रहेका स्वास्थ्यकर्मी सुबोध साहले जनकपुर जान सल्लाह दिए। ‘ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरधाम जान भनें,’ साहले भने, ‘मैले उपचार गर्ने अवस्था थिएन, मेडिकलमा हामीले प्राथमिक उपचार गर्ने मात्र हो।’ 

RAWA Hills Town Property

RAWA Hills Town Property

बिरामीलाई प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याएका एम्बुलेन्सचालक रामबाबु महतोले भने, ‘अस्पतालले बेड अभाव भन्दै भर्ना गर्न मानेन। त्यसपछि उनलाई जानकी हेल्थ केयर अस्पताल पुर्‍याएँ। त्यहाँ पनि भर्ना भएन। बिरामीका सहयोगीले त्यहाँबाट फर्केर अर्को अस्पताल पुर्‍याइदिन भनेपछि रामजानकी हस्पिटल लगिदिएँ।’ त्यहाँ पनि भर्ना नलिइएपछि सहयोगीसहित बिरामीले घरै पुर्‍याइदिन भनेको चालक महतोले बताए। 

नागरिक दैनिकले लेखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय