
नेपाली बैज्ञानिक डाक्टर ईन्द्रदेव साहुलाई अमेरिकामा करिब साढे ३ करोड रुपैंया बराबरको पुरस्कार प्रदान गरिएको छ। उनलाई अमेरिकाको नेशनल साईन्स फाउण्डेशनले अनुसन्धानकाट लागि यति ठूलो रकमको पुरस्कार प्रदान गरेको हो। उनलाई २ लाख ९७ हजार अमेरिकी डलरको पुरस्कार प्रदान गरिएको हो। उनले पोटासियम च्यानल एसिसरी प्रोटिन विषयमा अनुसन्धान गरेका थिए।
हाल अमेरिकाको क्यान्टोकी विश्व विध्यालयमा एसिस्टेण्ट प्रोफेसरका रुपमा कार्यरत डाक्टर साहु सप्तरी महादेवाका निवासी हुन।