jQuery(document).ready(function($){ //
});

झापा । प्रदेश सांसद गोपाल बुढाथोकीले बीएण्डसी हस्पिटलको उपचार महंगो र व्यवहार समेत चित्तबुझ्दो नभएको उल्लेख गरेका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

कोरोना संक्रमित आफ्नी आमाको उपचारमा बीएन्डसी हस्पिटलले लापरवाही गरेको बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। बीएण्डसीमा आमालाई ३३ घण्टा हस्पिटलमा राख्दा ५६ हजार रुपैयाँ शुल्क १८ हजार रुपैयाँ औषधि र १४ हजार रुपैयाँको ल्याबटेस्टमा खर्च आएको बुढाथोकीले जनाए ।

वैशाख १९ गते दिउँसो सांसद् बुढाथोकीकी आमालाई निमोनिया छ कि छैन भनेर बीएण्डसी पुऱ्याइएको थियो । भोलिपल्ट बिहान डाक्टरहरुले समस्या छैन भनेता पनि राति ११ बजे दर्के पानीका बेला डिस्चार्ज गरेको बुढाथोकीले जनाएका छन् ।

आमाको भनाइ उद्धृत गर्दै बुढाथोकीले भने हस्पिटलको आइसीयुको बसाइमा तातोपानी खान नपाइएको, ओढ्ने लुगा नदिइएको र अरु बेला खानै पर्ने औषधि समेत खान नपाएको अवस्था थियो ।

उनले हस्पिटलप्रतिको असन्तोषपूर्ण अभिव्यक्ति फेसबुकमा सार्वजनिक गरेपछि सयौ व्यक्तिले हस्पिटलको सेवा महंगो र व्यवस्थापन फितलो भएको प्रतिक्रिया व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय