
दमक नगरपालिकामा संक्रमणको दर उच्च देखिएको छ । परिक्षण गराएका शंकास्पद संक्रमित मध्ये पोजेटिभ देखिनेको संख्या उच्च रहेको छ । दमक नगरपालिकाले ३ दिन शंकास्पद लक्षण देखिएकाहरुलाई स्वाब परिक्षण गरेको थियो । ३२ जनाको स्वाब परिक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको कुवेर भट्टराईले बताए । अवस्था एकदमै भयावह देखिएको छ, भट्टराईले भने, सुरक्षित रुपमा बस्न अपील गछौ । आज मात्रै नगरपालिकाले थप ४७ जनाको स्वाब परिक्षण गरेको छ ।