jQuery(document).ready(function($){ //
});

विराटनगर
कोरोना सङ्क्रमणका कारण विराटनगरमा एकै दिन सात जनाको मृत्यु भएको छ । विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा चारसहित विराटनगरमा सात जनाको मृत्यु भएको हो । त्यस्तै नाेबेल मेडिकल कलेजमा २ र न्यूराे अस्पतालमा एक जनाकाे मृत्यु भएकाे छ ।

विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उनका अनुसार कोसीमा उपचाररत मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय युवकको पनि मृत्यु भएको छ । कोरोना सङ्क्रमण देखिएपछि उनलाई उपचारका लागि वैशाख १९ गते अस्पताल भर्ना गरिएको थियो ।

सुनसरीको कोसी गाउँपालिका–४ का ६५ वर्षीय वृद्ध पुरुषको पनि बिहीबार बिहान मृत्यु भएको छ । उनी बुधबार अस्पताल भर्ना भएका थिए । विराटनगर महानगरपालिका–१३ का ५० वर्षीय पुरुषको पनि कोसीमै मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको थियो ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा पनि कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक जना वृद्ध पुरुष छन् ।

पाठेघरमा देखिएको समस्याका कारण अत्याधिक रक्तश्राव हुँदा विराटनगर–५ कोचाखालकी ३७ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार महिलालाई उपचारका लागि बुधबार दिउँसो ४ः२० बजेतिर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

नोबेलमै उपचारका लागि भर्ना गरिएका विराटनगर महानगरपालिका–१९ का ६४ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको हो । श्वासप्रश्वास र मुटुको समस्या देखिएपछि वृद्धलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

विराटनगरकाे न्युरो अस्पतालमा मोरङको रंगेली नगरपालिका–३ का २६ वर्षीय युवाको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएपछि १७ दिनदेखि उपचाररत उनको बुधबारसाँझ स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो । बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको अस्पतालका डाइरेक्टर रञ्जितराज बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय