jQuery(document).ready(function($){ //
});

दमक/ २४ घण्टामा दमकका एक जनासहित झापामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 दमकमा ६४ जना नयाँ संक्रमित थपिएका छन् । दमक २ का ५२ बर्षिय एक पुरुषको मृत्यु भएको हो साथै मेचीनगर ६ का ४८ बर्षिय पुरुषको पनि सोही अवधिमा ज्यान गएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार यससंगै दमकमा दोश्रो चरणको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृतक मध्ये एक महिला छिन् । अन्य सबै मृतक पुरुष रहेका छन् । संक्रमणको कारण मृत्यु हुनेका परिवारका कतिपय सदस्य समेत संक्रमित अवस्थामा उपचाररत छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यसैबीच दमकमा पछिल्लो २४ घण्टामा थपिएका ६४ जना नयाँ संक्रमितहरुमा महिला र पुरुषको संख्या बराबर छ । ३२/३२ जना महिला पुरुष कोरोना संक्रमित भएका हुन । नगर स्वास्थ्य निरिक्षक बरालका अनुसार दमकको कोभिड उपचार केन्द्रमा स्वाव संकलन गरिएका ३० मध्ये २२ जनामा संक्रमण देखिएको र आज स्वास्थ्य कार्यालयबाट सार्वजनिक गरिएको संक्रमितको संख्यामा उनीहरु समेत परेका हुन । दोश्रो चरणमा दमकमा कूल २१९ जना संक्रमित भएका जनाइएको छ । अहिले सम्म १३ जना कोरोना संक्रमण मुक्त भएका र २०१ जना सक्रिय संक्रमित रहेका जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय