jQuery(document).ready(function($){ //
});

जे खानेकुरा पनि हामीले ठिक समयमा खानुपर्छ । मानिसहरु खान नपाएर भन्दा खान नजानेर रोगको शिकार बनिरहेका हुन्छन् । यही कारण विभिन्न स्वास्थ्यसँग सम्बन्धित विविध समस्या झेल्दै आएका पनि छन् । 

बिहान उठ्ने बितिकै खान नहुने खानेकुराहरु :

RAWA Hills Town Property

RAWA Hills Town Property

मसालेदार खाना

विहानै खाजा खाने समयमा मसलेदार खाजा पनि खानु उत्तम मानिदैन । यसले स्वास्थ्यमा जोखिम निम्त्याउने चिकित्सकहरु बताउँछन् । यसले पेटमा एसिडिटी बढाउँछ । दिनभरी खाना नपच्ने समस्या निम्तिन सक्छ । यस्तो अवस्थामा पेट पोल्ने, ग्यास आउने, अल्सर जस्ता रोग पनि देखिने खतरा बढ्न सक्छ ।

पेय पदार्थ

पेय पदार्थ त शरीरका लागि त्यती लाभदायक मानिँदैन त्यसमा पिनि बिहान खाली पेटको सेवन त अझै खतरनाक हुने विज्ञहरु बताउँछन् । बिहान उठ्ने बित्तिकै कार्बोनेटेड ड्रिक्सको सेवनले क्यान्सर तथा मुटुका बिरामीहरुको खतरा पनि बढाउँछ ।

दूध चिया वा कफी

बिहान खाली पेटमा चिया(कफीको सेवन पनि स्वास्थ्यका लागि लाभदायक छैन । खाली पेटमा चिया(कफी पिउँदा कब्जियतको समस्या बढ्न सक्छ ।

परौठा

खाली पेटमा परौठा वा तेलमा तारेको खानेकुरा नखाने । एसिडिटी र चिल्लो पदार्थको मात्रा शरीरमा धेरै हुनाले मोटोपना, अल्छिपना बढ्छ ।  

केरा

केरामा म्याग्नेसियम र पोटासियम अधिक मात्रामा पाइन्छ । ब्याक्टेरिया सक्रिय भइ स्वत असर मुटुमा पर्छ । खाली पेटमा तीनवटा केरा खाएमा दिनभरी मुटु दुख्ने समस्याले सताउन सक्छ।

टमाटर

टमाटरमा भिटामिन र एन्टिअंक्डिेन्ट भरपूर मात्रामा रहेको हुन्छ । तर जब हामीले यसलाई खाली पेटमा खायौँ भने यसको एसिडिकका कारण पेटमा नकारत्मक असर पर्न जान्छ । जसले पेट दुख्ने समस्या हुन सक्छ । अल्सरबाट पीडितहरुका लागि खाली पेटमा टमाटरको सेवन खतरनाक हुन सक्छ ।

अमिलो फल

अमिलो फल जस्तै सुन्तला, अंगुर, अमिलो जस्ता भिटामिन सी, फाइबर र एन्टिअंक्डिेन्ट पाइने फलहरु बिहान खाली पेटमा खाएमा पेट दुख्ने समस्या हुन्छ । 

पफ, पेस्ट्री

बिहान ब्रेकफास्टमा पेस्ट्री राम्रो विकल्प हुन सक्छ तर खाली पेटमा यो खानु हुँदैन । यसमा एक किसिमको ढुसी रहेको हुन्छ जसले खाली पेटमा हामीलाई दुःख दिन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय