jQuery(document).ready(function($){ //
});

– बिनयराज कोइराला

बाबु सत्ताधारी पार्टीका कट्टर कार्यकर्ता हुन्छन् । छोरानाति देशमा रोजगारी नपाएर अमेरिका, युरोपदेखि खाडी मुलुकसम्म छरिएका हुन्छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सोच्छु यस्तो अवस्थामा पनि पुरानै अनुहारहरुलाई समर्थन गर्दै झण्डा बोकेर कुद्दा अलिकति पनि ग्लानी अनुभव किन नभएको होला ?

दोहोरो चरित्र बारे लेखको सुरुवातमा लेखकले स्पष्ट पारिरहन आवश्यक ठानेन किनकी लेखकले इन्द्रको अघि स्वर्गको बयान गर्नु उचित होइन भन्ने प्रष्टसँग बुझेको छ । नेपालीलाई दोष दिएर , प्रत्यक्ष तोकेर लेख्दा धेरैलाई रिस पनि उठ्ला किनकी हामी स्वभावत: दोहोरो चरित्रका धनी छौँ । वरिपरी खराबै खराब आँखाले प्रत्यक्ष देख्दापनी बेवास्ता गरी राम्रैराम्रो छ भनेर कसैले भनेको सुन्दा, सत्य बोल्नेसँग नराम्रो ठानेर झुटो आश्वासन दिनेलाई टाउकोमा चडाउछौँ । 

बाबु सत्ताधारी पार्टीका कट्टर कार्यकर्ता हुन्छन् । छोरानाति देशमा रोजगारी नपाएर अमेरिका, युरोपदेखि खाडी मुलुकसम्म छरिएका हुन्छन् । विद्यार्थी विश्वविद्यालयमा सत्ताको वरिपरि भन्किने पार्टिको भ्रातृसंगठन चलाउँछन् र पढाइ सिध्याएर देशमा भविष्य नदेखे पछि विदेश भासिन्छन् । लाखौँ कार्यकर्ताहरु ठूलै उपलब्धी हासिल हुने जस्तो गरी निर्लज्जताका साथ आफ्नो पार्टिको बचाउ गर्छन् । विदेश मै प्रियजनको मृत्यु भएर आमा, दिदीबहिनीहरुको सिन्दुर पुछिएका छन् । छोराछोरीहरु बाआमाको वात्सल्य प्रेमबाट वञ्चित भएका छन् । दाजुभाई, दिदीबहिनीहरुको सारा यौवन विदेशी माटोमै पोखिएको छ । पैसा कमाउन नसक्नेहरु महँगीबाट अति प्रताडित भएका छन् । अहिलेको महामारीमा त झन् नेपाली राज्यसत्ताको वास्तविक अवस्था झन् उदाङ्गो भएको छ । यस्तो अवस्थामा पनि बारम्बार पुरानै मानिसहरु सत्ताको भर्‍याङ्ग चडिरहन्छन् । सोच्छु यस्तो अवस्थामा पनि पुरानै अनुहारहरुलाई समर्थन गर्दै झण्डा बोकेर कुद्दा अलिकति पनि ग्लानी अनुभव किन नभएको होला ?

गैैैरजिम्मेवार नेतृत्वको विकल्प खोज्न नसक्ने भोटरका लागि आवधिक चुनाव र लोकतन्त्र “बाँदरको हातमा नरिवल” जस्तै हो


हामी नेपालीले दु:ख पाएका छौँ । हाम्रो अवस्था दयनीय छ । यति हुँदाहुँदै पनि हामीमा जीवनको विभिन्न कालखण्डमा “ब्रेनवास” गरेर भिडाइएका कच्चा राजनीतिक चेत त्यागेर विकल्प सोच्ने चाहत छैन । सत्यता सुन्दा विरक्तिने डरले होला सायद हामी भ्रममा नै बाँच्न चाहन्छौँ । सत्य के हो ? भन्ने सबैलाई थाहा छ तर सत्यतालाई नजरन्दाज गरेर भ्रममा नै रमाईरहेका छौँ । चुनाव नआउन्जेल पूराना नेतालाई गाली गर्ने तर चुनावमा त्यही पुरानो अनुहारलाई भोट हाल्ने दोहोरो चरित्रबाट हामी ग्रसित छौँ । अहिलेको महामारी देशको जीवनमा छाएको “एक्यूट” रोग हो भने नेपालीहरुको दोहोरो चरित्र “क्रोनिक” रोग हो । जसबाट नेपाल देश लामो समयदेखि ग्रसित छ । 


अहिलेका नेता र पार्टिहरुले हामीलाई गरिबी र दु:खको दुष्चक्रमा घुमाईरहेको दशकौँ बितिसक्यो । अब त विकल्प खोज्न पर्यो नि ! गैैैरजिम्मेवार नेतृत्वको विकल्प खोज्न नसक्ने भोटरका लागि आवधिक चुनाव र लोकतन्त्र “बाँदरको हातमा नरिवल” जस्तै हो भन्ने लेखको बुझाई छ । 


धेरै पाठकवृन्दमा यो लेख पढिरहँदा क्रुद्धता छाउन सक्छ । माफ गर्नु होला । हामीले जे साँचो हो त्यो बोल्न-लेख्न सक्नुपर्छ ।  संसारकै गरिब मध्येको एक देश जसका ३०% बासिन्दाहरु विदेश भासिएका छन् । यस्तो भूमिमा बसेर सकारात्मकताको झुठो आश्वासन बाँड्नु जघन्य अपराध हो ।


लेखकको आग्रह यति हो कि खरको छानो चुहिएर दु:ख पाइयो भने केही भएकै छैन भनेर दोहोरो चरित्र देखाउनु भन्दा बर्खा लाग्नु अघि नै टिनको छानो लगाईहाल्नु पर्छ । अन्यथा के थाहा ? आउँदो बर्खामा छानोले पानी रोक्न नसकेर बर्खे भेलसँगै घर नै पो बग्ने हो कि ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय