
खनाल-नेपाल समूहका सांसदहरु आजको विश्वासको मत लिने बैठकमा उपस्थित नहुने भएका छन्। सिंहदरबारमा सोमवार बसेको बैठकले तत्काल राजीनामा नदिने बरु प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने सोमवारको बैठकमा अनुपस्थित रहने निर्णय गरेको खनाल-नेपाल पक्षीय एक सांसदले जानकारी दिए ।
तत्काल राजीनामा नदिने निर्णय भएको छ । हामी प्रधानमन्त्रीले विश्वासको मत लिने आजको बैठकमा अनुपस्थित रहन्छौं, बैठकपछि एक सांसदले भने । प्रधानमन्त्री ओलीले सोमवार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी छ । खनाल-नेपाल पक्ष अनुपस्थित रहेमा प्रधानमन्त्रीको पक्षमा बहुमत पुग्दैन ।