jQuery(document).ready(function($){ //
});

माधव कुमार नेपाल समूहका प्रभावशाली नेताहरु घनश्याम भूसाल, योगेश भट्टराई र गोकर्ण विष्ट लगायतका जोडका कारण सांसदहरु सामूहिक राजीनामा दिनबाट पछि हटेका छन् । उनीहरुले तत्काल राजीनामा दिनु समाधान नभएको बताएका थिए । 

सोमबार सिंहदरबारमा भएको छलफलमा यी नेताहरुले राजीनामा दिन नहुने अडान लिएपछि सांसदहरुको राजीनमा नदिइ फर्किएका थिए । नेपाल समूहले राजीनामा नदिने र आजको बैैठकमा पनि सहभागी नहुने निर्णय गरेको थियो । 

RAWA Hills Town Property

RAWA Hills Town Property

अहिले राजीनामा दिन नहुने बताएका नेताहरुसँग ओली पक्षले छलफल गरिरहेको छ । विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक बस्न लागेका बेला अर्थमन्त्री विष्णु पौडेलले यी तीन जना नेताहरुसँग भेट गर्नुभएको हो । अहिले सिंहदरबारमा वार्ता चलिरहेको छ। 

स्रोतका अनुसार घनश्याम योगेश र गोकर्ण विष्ट लगायतका सांसदहरु आज प्रतिनिधिसभा बैठकमा जाने मनस्थितिमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय