jQuery(document).ready(function($){ //
});

भोजराज घिमिरे ।। बिराटनगर ।।

मोरङ व्यापार संघका कार्यकारीणी समितिका सदस्य तथा सल्लाहकार सुनिल टिवडेवालाको कोरोना संक्रमणका कारण सोमबार विहान निधन भएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

विराट अस्पतालमा उपचाररत ४५ वर्षीय टिवडेवालाको उपचारकै क्रममा मृत्यू भएको हो ।

उनलाई संक्रमण पुष्टि भएको एकसाताभन्दा बढि भएको थियो । संक्रमणपछि विरामी परेका उनको स्वास्थ्यमा बिचमा राम्रो सुधार समेत देखिएको थियो । तर उपचारकै क्रममा सोमबार विहान करीव ४ बजे उनको मृत्यु भएको जनाइएको छ ।

युवा उद्यमि टिवडेवालाले हाइटेक कार्पेट र एसटी फेब्रिक्स कार्पेट गरी दुई कार्पेट उद्योग सञ्चालन गर्दै आएका थिए । साथै उनले नवीन डिस्टिब्युटर्स नामबाट देशभरि इलेक्ट्रोनिक सामग्रीको कारोबार पनि गर्दैथिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय