
बिराटनगर ।। भोजराज घिमिरे ।। मोरङको रंगेलीमा पानी डुबेर एक बालकको मृत्यु भएको छ ।
रंगेली नगरपालिका ९ बेदमारी स्थित ईट्टा उद्योगमा ईट्टा बनाउन खनेको माटोको खाल्डोमा परि बालकको मृत्यु भएको हो ।
मृत्युहुने बालकको भारत घरभई सोही ईट्टा उद्योगमा काम गर्ने मजदुर भुसननिया मियाँका १० वर्षीय छोरा अलिअर मियाँ रहेको प्रहरीले बताएको छ ।
सोमबार बिहान १० बजे पौडी खेल्ने क्रममा खाल्डोमा डुबी गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगली अस्पताल लाने क्रममा बाटोमा मृत्यु भएको थियो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाक प्रहरी कार्यालय रंगलीले जनाएको छ ।