jQuery(document).ready(function($){ //
});

बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । मङ्गलबार एक महिलाको धवलागिरि अस्पताल र एक पुरुषको होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए। 

जिल्लाको ढोरपाटन नगरपालिका–४ निवासी ६६ वर्षीया महिलाको धवलागिरि अस्पतालमा मृत्यु भएको हो । उहाँको मृत्युपछि पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । यस्तै बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

 वैशाख २२ गते गण्डकी मेडिकल कलेजमा उनलाई कोरोना पुष्टि भएको थियो । उनी पोखराबाट फर्केलगत्तै होम आइसोलेशनमा रहेको बेला मृत्यु भएको घिमिरेले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय